भैरहवा, २ असोज । विभिन्न पार्टी परित्याग गरी ४ दर्जन नेता तथा कार्यक्रता जनमत पार्टीमा प्रवेश गरेका छन् । प्रवेश कार्यक्रममा जनमतका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादव, केन्द्रीय सदस्य / जनजाति महासंघ केन्द्रीय अध्यक्ष कैलाश गुरुङ, केन्द्रीय सदस्य रामु यादव, शिक्षक जनमतका केन्द्रीय
सदस्य राम देव यादव, अतिथि सलाहुद्दिन मुसलमान, सिनपा नगर कमिटी अध्यक्ष बद्री मौर्य, सियारी गा.पा. अध्यक्ष रविन्द्र प्रताप धवल, नेता दिलीप भोपेन्द्र यादव, हरिजन, रुपचन यादवलगायतले पार्टी प्रवेश गराएका हुन् ।
कार्यक्रममा जनमत पार्टी नै एउटा नमुना पार्टी भएको र विभेद रहित पार्टी भएको जनमतका रास्ट्रिय सचिब भोपेन्द यादवले बताए । यो पार्टीमा मधेशी समुदाय अस्तित्व र पहिचान झल्केको छ । यादबले भने, यसमा नै सम्पूर्ण जनताको भबिष्य छ ।
नव प्रवेशीलाई बधाई र स्वागत गर्दै अगामी दिनमा नयाँ रणनीति लिएर जनमत बनाउने अभियान निरन्तर जारी भएको राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले बताए । निर्माण व्यवसायी मजदुर संरक्षण संस्थाका अध्यक्ष गोरख चाईको नेतृत्वमा ३६ जना भन्दा बढी पार्टी प्रवेश गरेका थिए ।
त्यसैगरी दिलिप हरिजन, दशरथ धोबी, तिरथ यादव, महादेव चौधरी, विरेन्द्र हरिजन, सुकई हरिजनलगायत गरी ४ दर्जन भन्दा बढी पार्टी प्रवेश गरेको जनमतका नेता रुपचन यादवले जानकारी दिए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend