२ असोज, काठमाडौं ।
क्यानडाले एकजना शिख नेताको हत्या आरोपमा भारतका एक कूटनीतिज्ञलाई देश निकाला गरेको छ ।यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार संसदमा सम्बोधन गर्ने क्रममा भारत सरकारको एजेन्टले जून महिनामा क्यानडाको ब्रिटिश कोलम्बियामा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको बताएका थिए । उनले भारतमा सेप्टेम्बर ९ र १० मा आयोजित जी–२० बैठकको बेला आफूले यो मुद्दालाई प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष उठाएको जानकारी पनि दिएका थिए ।
लगत्तै क्यानडाका विदेशमन्त्री मेलनी जोलीले भारतका बरिष्ठ कूटनीतिज्ञलाई देश निकाला गरिएको जानकारी दिएकी हुन् । ती भारतीय कूटनीतिज्ञबारे उनले थप जानकारी भने दिएकी छैनिन् । यद्यपि देश निकाला गरिएका भारतीय कूटनीतिज्ञ क्यानडामा भारतको इन्टेलिजेन्स प्रमुख रहेको बताइएको छ ।सीबीसीले भने देश निकाला गरिएका भारतीय कूटनीतिज्ञ पवन कुमार राय रहेको दाबी गरेको छ ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend