logo
  • शुक्रबार, असोज ३० २०८३

‘कार्यस्थलमै चिकित्सकमाथिको आक्रमण निन्दनीय’


  • आइतबार, भाद्र ३१ २०८०

काठमाडौँ । गत बुधबार हेटौँडास्थित एक अस्पतालमा डा विकास थापा र प्रशान्त बिडारीमाथि अस्पताल हातामै कुटपिट भएको घटनाप्रति विवेकशील साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मानवीय सेवा क्षेत्र मानिने अस्पताल भित्रै अहोरात्र खटिने चिकित्सकहरुमाथि  पटक पटक आक्रमण हुनु र यसको शिलशीला निरन्तर बढोत्तरी हुनु बिडम्बना र चिन्ताको विषय भएको विवेकशील साझा पार्टीले ठहर गरेको छ ।

सो पार्टीका प्रवक्ता आशुतोष प्रधानले जारी गरेको विज्ञप्तिमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षा ग्यारेण्टी गर्न र दोषीहरुमाथी कडा कारवाही गरेर दण्डहीनताको अन्त्य गर्न सरकारसँग माग गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend