काठमाडौँ ।
नेपाल एयरलाइन्सको जहाज मर्मतका लागि इजरायल लगिने भएको छ । निगमको नाइनएन एकेएक्स जहाज मर्मतको लागि अइतबार इजरायल लैजान लागिएको हो ।
दशैं तिहार जस्ता यात्रुचाप बढ्ने सिजनलाई मध्यनजर गर्दै निरन्तर ताकेता पश्चात् उक्त मर्मतका लागि डेन्डर पाएको कम्पनीले मर्मत गर्नुपर्ने इन्जिन फेरबदल गर्नको लागि १८ सेप्टेम्बरमा स्लट उपलब्ध गराइसकेकाले आज राति २३ः३० बजे विमानले इजरायल उडान गर्ने जनाइएको छ ।
मर्मत योजना अनुसार इजरायलमा इन्जिन फेरबदल गरी २२ सेप्टेम्बरमा जहाज काठमाडौं अवतरण गर्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्राविधिक कारणले जहाज ग्राउण्डेड हुन गई यसबाट यात्रु वर्गमा पर्न गएको असुविधा प्रति निगमले क्षमायाचना गरेको छ ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend