logo
  • शनिबार, कार्तिक १ २०८३

संविधान दिवस मनाउन कांग्रेसको परिपत्र


  • शनिबार, भाद्र ३० २०८०


भाद्र ३०,
काठमाडौँ — नेपाली कांग्रेसले ७५३ वटै स्थानीय तहमा संविधान दिवस विशेष कार्यक्रम गर्न मातहतका निकायहरूलाई पत्राचार गरेको छ । कांग्रेसले २ असोजमा पार्टीका सर्वोच्च नेता एवम् लौहपुरुष गणेशमान सिंहको २६ औँ स्मृति दिवस र ३ असोजमा संविधान दिवन मनाउन मातहतका निकायहरूलाई परिपत्र गरेको हो ।

पार्टीको साउन पहिलो साता बसेको केन्द्रीय कार्यसमितिले पार्टीको एक वर्षे कार्यतालिका पास गरेको थियो । सो कार्यतालिकामा उल्लेख भएबमोजिम कार्यक्रमहरू सम्पन्न गर्न तल्ला तहलाई परिपत्र गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
‘२ असोजमा सर्वोच्च नेता एवम् लौहपुरुष गणेशमान सिंहको २६ औँ स्मृति दिवस र ३ असोजमा संविधान दिवस मनाउने कार्यक्रम छ,’ उनले भने, ‘गणेशमान सिंह स्मृति दिवसमा जिल्लास्तरमा ‘गणेशमान सिंह र समावेशी नेपालको परिकल्पना’ विषयमा गोष्ठी आयोजना गर्न भनिएको छ, संविधान दिवसमा स्थानीय तहस्तरीय पार्टीका कार्यसमितिहरूलाई गतिविधि गर्न भनिएको छ ।’
संविधान दिवसका सन्दर्भमा स्थानीय तहस्तरीय कार्यसमितिले संगीत, कला, साहित्यिकसहितको विविधयायुक्त सांस्कृतिक कार्यक्रम वा शिक्षण संस्थामा प्रजातन्त्र र संविधान विषयमा प्रवचन वा वक्तृत्वकला आयोजना गर्न कांग्रेसले परिपत्र गरेको छ ।
विगतमा गतिविधि शून्यप्रायस् हुने कांग्रेस साउनयता भने निरन्तर कार्यक्रमहरुमा व्यस्त छ । त्यसबेला बैठकले पास गरेको कार्यतालिका बमोजिम केन्द्रीय कार्यसमितिको बैठक समेत यही ४ असोजदेखि बस्दैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend