logo
  • शुक्रबार, असोज ३० २०८३

संसदमा ज्ञानेन्द्र शाहीको प्रश्न : क्रिकेट खेलाडीको पुरस्कार रकम किन रोकियो ?


  • सोमबार, भाद्र १८ २०८०

१८ भदौ, काठमाडौं ।

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले सरकारले क्रिकेट खेलाडीलाई दिने घोषणा गरेको पुरस्कार रकम तत्काल दिन माग गरेका छन् ।सोमबार प्रतिनिधिसभा बैठकमा उनले सरकारले क्रिकेट खेलाडीलाई दिने घोषणा गरेको रकम दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि आग्रह गरे ।

‘आज नेपालले भारतसँग एसियन कप खेल्दैछ । हामी बधाई दिँदैछौं म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु शुभकामना लेख्दै गर्दा हातहरुमा डर लाग्छ कि, भिडियो कन्फ्रेन्समा बधाई दिँदै गर्दा तपाईको अनुहार कस्तो हुन्छ ?’ सांसद शाहीले सोधे ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई लिग २ सिरिजका बेला ३ लाख, नेपाल, यूएई र पिएनजीसँग यूएईमा खेल्दा ३ लाख, नेपाल, यूएई र पिएनजीसँगको सिरिज जित्दा ३ लाख, प्रधानमन्त्रीले घोषणा गरेको २ लाख र एसीसी प्रिमियर कप जित्दाको ६ लाख दिने सरकारले घोषणा गरेको थियो । तर यो रकम खेलाडीहरुले पाउन सकेका छैनन् ।

‘भारतीय कप्तान रोहित शर्माले १ वर्षमा २७ करोड कमाउँदै गर्दा नेपाली कप्तान रोहितले ७ लाख २० हजार भन्दा बढी छैन । क्रिकेट खेलाडीलाई दिने भनेको पैसा किन रोकिएको हो । यो पैसा छिटो भन्दा छिटो दिइओस् । होइन भने खोक्रो राष्ट्रवाद नदेखाइओस्’ सांसद शाहीले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend