logo
  • शुक्रबार, असोज ३० २०८३

रेसुङ्गा विमानस्थलमा शुक्रबारदेखि नियमित उडान हुने


  • शुक्रबार, भाद्र १५ २०८०

गुल्मी, १४ भदौ ।

मौसममा क्रमशः सुधार आएसँगै गुल्मीको रेसुङ्गा विमानस्थलमा आउने शुक्रबारदेखि पुनः नियमित उडान हुनेभएको छ । मौसममा सुधार आएसँगै रेसुङ्गा विमानस्थलमा नेपाल एयरलाइन्सले टिकट खुल्ला गरेको छ ।प्रतिकूल मौसमका कारण विगत दुई महिनादेखि विमानस्थलमा उडान हुन सकेको थिएन । काठमाडौँबाट रेसुङ्गा विमानस्थलका लागि गत असार ६ गते उडान भए पनि खराब मौसमका कारण जहाज बीचबाटै काठमाडौँ फर्किएसँगै उडान भएको छैन ।

रेसुङ्गा विमानस्थलमा गत वैशाख अन्तिम साताबाट नियमित उडान सुरु भएको थियो । शुक्रबारदेखि हुने उडानको लागि एयरलाइन्सको वेबसाइटबाट टिकट लिन सकिने रेसुङ्गा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले बताए ।

रेसुङ्गा विमानस्थलका लागि काठमाडौँबाट बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट काठमाडौँका लागि बिहान ७ः४५ बजे उडान गर्ने समयतालिका रहेको छ । काठमाडौँदेखि गुल्मीका लागि ६ हजार ५०० रुपियाँ र गुल्मीदेखि काठमाडौँका लागि ६ हजार ३०० रुपियाँ भाडादर कायम गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend