logo
  • शुक्रबार, असोज ३० २०८३

परराष्ट्रमन्त्री साउद अमेरिकी सिनेटर होलेनबीच भेटवार्ता


  • शुक्रबार, भाद्र १५ २०८०

१५ भदौ, काठमाडौं ।

परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेट भएको छ ।परराष्ट्रमन्त्रालयमा भएको भेटमा अमेरिका र नेपालबीचको द्विपक्षीय र बहुपक्षीय सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर होलेन शुक्रबार काठमाडौं आइपुगेका हुन् ।उनले सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

भ्रमणका क्रममा उनले नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकाले गरेको सहयोगका बारेमा सरोकारवालहरूसँग छलफल गर्ने छन् ।दूतावासका अनुसार नेपाल भ्रमणका क्रममा उनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन प्रयास गर्ने छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend