१५ भदौ, पोखरा ।
प्रधानमन्त्री पुष्पकमल दाहाल सुन तस्करीमा धेरै खालका व्यक्तिहरु संलग्न रहेको बताएका छन् ।पोखरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै उनले क्वीन्टलका क्वीन्टल सुन तस्करी हुने गरेको कुरा थाहा पाएपछि सरकारले अनुसन्धान सुरु गरेको बताए ।
‘त्यस (सुन तस्करी)मा धेरै खालका मान्छेहरुको सेटिङ छ । सेटिङ नभइकन त्यसरी सुन तस्करी हुने कुरा असम्भव हो’ प्रधानमन्त्री प्रचण्डले भने ।
ठूलो मात्रामा सुन तस्करी हुने गरेको थाहा पाएपछि त्यसमाथि अंकुश नलगाइ देशका अर्थचन्त्र सन्तुलित ढंगले अगाडि बढाउन नसकिने निष्कर्षसहित सरकारले त्यसमाथि प्रहार गरेको उनको भनाइ छ ।
गत साउन ३ गते गैरकानुनी रुपमा नेपाल भित्रिएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त सुन आयातको विषयमा हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ ।सीआईबीको अनुसन्धान जारी रहेका बेला प्रधानमन्त्री प्रचण्डले सेटिङ नभइ सुन तस्करी असम्भव रहेको बताएका हुन् ।