logo
  • शुक्रबार, असोज ३० २०८३

बुटवलमा विद्युतको पुरानो तार हटाउने क्रममा करेन्ट लागेर एक जना गम्भीर घाइते


  • शुक्रबार, भाद्र १५ २०८०

बुटवल ।

बुटवलमा विद्युतको पुरानो तार हटाउने क्रममा करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा दाङको राप्ति गाउँपालिका घर भई बुटवलमा बसेर विद्युतको काम गर्ने २२ वर्षीय डोलराज बुढा मगर रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी दानबहादुर थापाले जानकारी दिए ।

बुढा मगरलाई शुक्रबार दिउँसो बुटवल उपमहानगरपालिका–९ स्थित सिद्धार्थ इन्टरनेशनल कलेज नजिकै विद्युतको पोलको पुरानो तार हटाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका बुढा मगरको उपचारका लागि बुटवलको कालिकानगर स्थित चौराहा हस्पिटलमा लगिएको प्रहरी प्रमुख थापाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend