logo
  • शुक्रबार, असोज ३० २०८३

विरामीको उपचारमा लापरवाही भएको भन्दै अस्पतालमा तनावग्रसत


  • मंगलबार, भाद्र १२ २०८०

बुटवल , भदै १२। उपचाररत बालिकाको मृत्यु भएपछि जिल्ला अस्पताल गुल्मी तनावग्रस्त बनेको छ । उपचारका लागि अस्पताल पुर्याइएकी बालिकालाई त्यहाँ कार्यरत चिकित्सक र नर्सको लापरबाहीले ज्यान गएको भन्दै आफन्तहरुले अस्पताल घेराउ गरेका छन् ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ काउले निवासी राजेश मरासिनीकी ७ वर्षीया छोरी प्रशंसा मरासिनीको मंगलबार बिहान समयमा मृत्यु भएको थियो । प्रशंसाका फुपाजु रेसुङ्गा नगरपालिका–२ का युवराज भण्डारीका अनुसार प्रशसालाई पेट दुखेपछि उनका बाबुले मोटरसाइकलमा राखेर सोमबार बिहान ११ बजेतिर गुल्मी अस्पताल उपचारका लागि ल्याएका बताए ।
उनले बच्चा बेहोस भएपछि बिरामीका आफन्तले डाक्टरलाई बोलाउन नआएको बताए ।उनले अस्पताल लारवाहि गरेको आरोप लगाए ।
अस्पतालका प्रमुख डाक्टर राजेन्द्र जिसीले घटनालाई समान्य रुपमै प्रस्तुत गर्न खोजेपछि मृतकका आफन्तहरुले अस्पताल घेराउ गर्दै थप आक्रोसित भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend