logo
  • शुक्रबार, असोज ३० २०८३

माओवादी कार्यालयमा दुई दिनसम्म झन्डा आधा झुकाइने


  • बुधबार, असार २७ २०८०

काठमाडौं।

नेकपा माआवादी केन्द्रले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एंव पार्टीकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी बैठकले बुधबार र बिहीबार माओवादीको सबै पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।

उनका अनुसार बिहीबार जिल्ला, प्रदेश कार्यालयमा शोक सभा गर्ने निर्णय पनि गरिएको छ । बुधबार बिहान ८ः३३ बजे उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएकी ६९ वर्षीया सीता दाहालको बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटनमा अन्त्येष्टि गरिने महासचिव गुरुङले बताए ।

अहिले सीताको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्राध्यापक डा. युवराज शर्माले जानकारी दिए । लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend