बुटवल,भदै ८।
बुटवल उपमहानगरपालिका वार्ड ९ मिलनचोक स्थित स्कर्लस होम स्कुलले आज शुक्रबार अभिभावकसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।


पि जी देखी कक्षा १२ सम्म पढाई हुने उक्त विद्यालयमा १३ सय भन्दा विद्यार्थीहरु रहेका छन् ।
ती विद्यार्थीका अभिभावसँग अन्तरक्रिया गर्दे शिक्षाको गुणस्तर,विद्यार्थीहरुको व्याबहार र रुचीलाई मध्यनजर गर्दै आगामी दिनमा विद्यालय र अभिभावक दुवैले आफ्नो दायित्व पुरागर्ने प्रतिवद्धता जनाएका थिए ।
सो अवसरमा बोल्ल्दै रुपन्देहीका पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले बालबालिकाहरुको विकासकोलागि अभिभावक र विद्यालय दुवै थप जिम्मेवार बन्नुपर्ने बताए ।उनले पछिल्लो समय विद्यार्थीहरुको भाषा कमजोर बन्दै गएकोले भाषालाई गम्भीर रुपमा लिन आग्रह गरे । प्रविधीको विकास,नयाँ प्रतिस्पर्धा बालबालिको क्षमता विकास थप गर्नुपर्ने चूनौति रहेको बताए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले स्कलर्स होम विद्यालय बुटवलको पुरानो र उत्कृष्ट भएको बताउदै यहाँ दक्ष शिक्षक र शैक्षिक वातावारणमा अध्यापन हुने गरेको बताए ।
कार्यक्रममा प्रमुख प्रशिक्षक मनिष मिश्र,उप प्राचार्य टिकाराम गौतम लगायत बोल्दै विद्यार्थीको शैक्षिक विकासको लागि विद्यालय, अभिभावक, विद्यार्थी तिनै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका थिए ।
सो अवसरमा काठमाडौ हेल्थ केयरको सहयोगमा सुगर तथा ब्लड प्रेसर परिक्षण गरिएको थियो । यस्तै शुभ आँखा उपचार केन्द्र बुटवलको सहयोग आँखा परिक्षण गरिएको थियो । कार्यक्रममा कलाकार पूरुसोत्तम भण्डारीले रमाइलो प्रस्तुतीकरण समेत गरेका थिए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend