logo
  • शुक्रबार, असोज ३० २०८३

रिटार्यट सैनिकको पदाईमा रुची ः एसएलसी पास गरेको ३७ वर्षपछि कक्षा १२ मा ३.५० जिपीए ल्याउन सफल


  • आइतबार, भाद्र ३ २०८०

बुटवल भदै ३ ।
पढ्नको लागि रुचि भएमा केहीले रोक्दैन् । साधारणतय धेरैले समयमा पढ्न नपाएपछि उमेर बढ्ेको ,जागिर खाएको,विदेश गएको आदि कारण देखाउदै आफ्नो अध्ययनलाई विचमा छाड्छन् ।


तर आफ्नो इन्छा शक्ति भएमा उमेर जादैमा,जागिर खादैमा अझै पेन्सन पकाएर पनि पढ्नेहरु हाम्रो समाजमा छन् । यस्तै मध्येका एक हुन् । नवलपरासी जिल्लाको सुनवल नगरपालिका वार्ड ७ बस्ने रिटार्य भारतीय आर्मी हरि बहादुर खत्री हुन् ।
२०४२ साल एसएलसी पास गरी भारतीय सेनामा ३२ वर्ष काम गरेका उनले हालै कक्षा १२ का कानुन सङ्कायमा ३.५० जिपिए ल्याउन सफल भएका छन् ।
२०२५ सालमा गुल्मीको सान्तीपुर गाविस वार्ड नम्बर ३ मा जन्मिएका खत्रीले स्थानीय उदय मावि शान्तिपुरवाट एसएलसी सी उत्तीर्ण गरेका थिए ।
एसएलसी उत्तीर्ण गरेको ३७ वर्षपछि रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामस्थित शान्ति नमुना माविबाट कक्षा १२ पास गरेका छन् । त्यो पनि राम्रो अंक सहित । भारतको गोर्खा राई फल्स ४ । ९ मा सुबेदार मेजर अनेरी क्याप्टेन पद पुगेकाउनीले नेपाल फर्केपछि आफ्नो पुरानो पढ्ने ईन्छालाई जारी राखेका हन् ।गुल्मीबाट बसाई सरेर नवलपरासी आएका खत्रीले अध्ययनले जीवन धेरै कुरा सिकाउने भएकोले उमेर बढेपछि भर्ना भएर पढेको बताए ।उनले भारतीय सेनाबाट अवकाश पाएपछि लेखापढी व्यवसायीको प्रमाण पत्र २०७७ सालमा प्राप्त गरेका थिए । ऐच्छिक गणित ल्याएका एसएलसी पास गरेको उनले कक्षा १२ कानुन विषयले ल्याउनुमा कानुन ज्ञानसँगै भविष्यमा कानुन व्यवसायी बनेर नि शुल्क समाज सेना गर्ने अठोट रहेको बताए । उनले अव विए एल एल वि अध्ययन गर्ने छन् । उनका एक छोरा शिक्षण पेशा र अर्को छोरा बैदेशिक रोजगारी रहेका छन् । उनले भैरहवामा परिक्षा दिएर लेखापढिको व्यवसायीको प्रमाण पत्र ल्याएपनि काम भने नगरेको बताए ।
उनले भारतीय सेनामा ३२ वर्ष सेवा गरेपछि रिटार्यट भएर नेपाल आएका मध्ये कक्षा १२ उत्तिण गर्ने सम्भवत पहिलो व्यक्ति आफुहरु रहेको दावी गरे । स्थानीयस्तरमा समाज सेवा खटिएका खत्रीले अध्ययन गर्दा ज्ञानसगै समाज सेवाको लागि निकै उपयुक्त हुने भएकोले घर परिवारवाट पाको उमेर पनि पढ्नको लागि मद्धत भएको बताए । त्यो त धेरै लाहुरेहरु रिटार्यट भएपछि फेरी रोजगारी जाने,नेपाल रहेपनि अध्ययन भन्दा अन्य क्षेत्रमा रमाउने गरेकोले उनको अध्ययन प्रतिको रुचीलाई शिक्षा क्षेत्रका जनाकारहरुले निकै सकारात्मक रुपमा लिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend