logo
  • शुक्रबार, असोज ३० २०८३

प्रधानमन्त्रीले किन बोलाए सर्वदलीय बैठक ?


  • आइतबार, भाद्र ३ २०८०

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीति अवस्थाबारे छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त दलहरूका शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।

लामो समय संसद्मा जारी गतिरोध अन्त्य, विकसित राजनीति घटनाक्रम, सुशासनमा सरकारले गरिरहेको काम लगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार बैठक साढे १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागिएको हो ।

प्रमुख प्रतिपक्षी दल एमालेले लामो समय  संसद् अवरोध गर्दा महत्त्वपूर्ण बिलहरू संसद्मा अलपत्र परेका छन् । जनताका मुद्दा ओझेलमा परेको छ । प्रधानमन्त्रीले एमाले, कांग्रेस, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा र जपाका नेताहरूलाई बैठकमा बोलाएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend