logo
  • शुक्रबार, असोज ३० २०८३

काठमाडौं महानगरले कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिने


  • आइतबार, भाद्र ३ २०८०

३ भदौ, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले कक्षा ६-१० का विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ ।गत वर्ष कक्षा ८ सम्म दिंदै आएको महानगरले यो वर्ष बढाएर कक्षा १० सम्म दिने भएको हो ।

संघीय सरकारले प्रतिविद्यार्थी १५ रुपैयाँ कक्षा ६ सम्म दिंदै आइरहेकोमा काठमाडौं महानगरले गत वर्ष १० रुपैयाँ थप गरेर २५ बनाएको थियो । साथै, कक्षा ७ र ८ लाई पनि महानगरले दिवा खाजा दिँदै आइरहेको थियो ।

यो वर्ष अर्थमन्त्रालयले कक्षा ५ सम्मकालाई मात्रै दिवा खाजा रकम छुट्याएको छ । त्यसमा महानगरले कक्षा ५ सम्मकालाई संघीय सरकारले दिँदै आएको १५ रुपैयाँमा महानगरले १५ रुपैयाँ थप गर्दै ३० पुर्‍याएको छ भने कक्षा ६-१० लाई पनि दिवा खाजा दिने निर्णय गरेको छ ।

काठमाडौं महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकारी सीताराम कोइरालाले सबै विद्यालयहरुलाई भदौ महिनादेखि कक्षा १० सम्मका विद्यार्थीको लागि प्रतिविद्यार्थी ३० रुपैयाँ उपलब्ध गराउने भएकोले त्यही अनुसार लागू गर्न पत्राचार गरेका छन् ।काठमाडौं महानगरले यो वर्ष शिक्षामा ७५ करोड ९ लाख ३३ हजार रकम विनियोजन गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend