logo
  • शुक्रबार, असोज ३० २०८३

लागुऔषधसहित एकजना पक्राउ


  • बिहिबार, साउन ३२ २०८०

सप्तरी । कञ्चनरूप नगरपालिका-१ बैरवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३५ मिलिग्रामसहित तिरहुत गाउँपालिका-१ बस्ने २२ वर्षीय राधेश्याम साहलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले प्र.२-०१-००१ प ३२६२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend