logo
  • शुक्रबार, असोज ३० २०८३

काठमाडौंमा भारतीय गायिका शिल्पा रावको कन्सर्ट हुने


  • बुधबार, साउन ३१ २०८०

काठमाडौं । भारतीय गायिका शिल्पा राव नेपाल आउने भएकी छन् । उनले आगामी भदौ ८ गते सोल्टी होटलको प्राइभ नेपाल क्लबमा हुने सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिनेछिन् ।

रोअर इन्टरटेनमेन्ट र एरिना इन्टरटेनमेन्टले संयुक्त रुपमा आयोजना गर्न लागेको उक्त कार्यक्रममा सहभागी हुने शिल्पा पहिलोपटक नेपाल आउन लागेकी हुन् ।

उक्त कार्यक्रममा सहभागी हुन चाहनेले माई पे डिजिटल वालेटमार्फत टिकट काट्न सक्ने व्यवस्था गरिएको कार्यक्रमका संयोजक मोहित बस्नेतले जानकारी दिए । माई पे कार्यक्रमको टिकेटिङ पार्टनर समेत रहेको छ । कार्यक्रमको सञ्चालन पूर्वमिस नेपाल नम्रता श्रेष्ठले गर्ने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend