logo
  • शुक्रबार, असोज ३० २०८३

स्व गोविन्द प्रसाद ज्ञवाली स्मृति सर्वोत्कृष्ट विद्यार्थी पुरस्कार स्थापना


  • मंगलबार, असार २६ २०८०

गुल्मी । गणेश माध्यमिक विद्यालय धुर्कोट पिपलधारा गुल्मीको लागि स्वर्गीय गोविन्द प्रसाद ज्ञवाली स्मृति सर्वोत्कृष्ट विद्यार्थी पुरस्कार स्थापना भएको छ । विद्यालय ब्यवस्थापन समितिका पुर्व सदस्य समेत रहनुभएका स्वर्गीय गोविन्द प्रसाद ज्ञवालीका परिवारले सो पुरस्कारको लागि रु ५० हजार एक रुपैया बराबर राशीको अक्षयकोष रकम हस्तान्तरण गरेको हो । स्वर्गीय गोविन्द प्रसाद ज्ञवाली सो क्षेत्रको पुर्व जनप्रतिनिधि, राजनीतिज्ञ, सामाजिक एवं धार्मिक व्यक्ति रहेका थिए।
स्वर्गीय ज्ञवालीको प्रथम स्मृति पुण्यतिथिको अवसरमा उहाका सुपुत्र अर्जुन ज्ञवालीले सो अक्षयकोष स्थापना गरेका हुन् ।

गर्ल्मी धुर्कोट गाउपालीका वडा न २ पिपलधाराका अध्यक्ष बाबुराम खड्का, बिधालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य खड्का, पुर्व प्राचार्य बाबुराम खनाल, शिक्षक कृष्ण जिसि, केशव खनाल, बिष्णु खनाल, बलराम खनाल लगायतलाइ स्वर्गीय ज्ञवालीका धर्मपत्नी कमला ज्ञवाली, सुपुत्र अर्जुन ज्ञवाली, बुहारी सरु ज्ञवाली, सुपुत्रीहरु अस्मिता ज्ञवाली, रमा ज्ञवालीले रु ५० हजार १ रुपिया हस्तान्तरण गरेका थिए ।
सो अक्षयकोषबाट प्रत्येक शैक्षिकसत्रमा बिधालय प्रथम हुने सर्वोत्कृष्ट विद्यार्थीलाइ विषेश खालको सम्मानपत्र सहित पुरस्कार हस्तान्तरण गरिने छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीलाइ पढाईमा प्रोत्साहन गर्न सो अक्षयकोषको स्थापना गरिएको कोषका संरक्षक अर्जुन ज्ञवालीले बताए।
पेशाले एनएमबि बैंकका शाखा प्रबन्धक रहनुभएका अर्जुन ज्ञवाली बुटवल जेसीजको कार्यकारिणी उपाध्यक्ष, मानवअधिकार तथा शान्ति समाजको पुर्व जिल्ला सचिव, गुल्मेली सम्पर्क समाज रुपन्देहीको कार्यकारिणी सदस्य, धुर्कोट सम्पर्क समाजको महासचिव, बुटवल एफएमबाट प्रसारण हुने कार्यक्रम अर्थसम्बादका प्रस्तोता एवम् साहित्यक रचनाकार हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend