logo
  • शुक्रबार, असोज ३० २०८३

क्यानेडियन र्‍यापर टोरी लानेजलाई १० वर्षको जेल सजाय


  • सोमबार, साउन २९ २०८०

काठमाडौं । क्यानेडियन र्‍यापर टोरी लानेजलाई आफ्नै साथी र्‍यापर मेगन थिये स्टालियनमाथि गोली प्रहार गरेको घटनामा अमेरिकाको लस एन्जलस अदालतले दोषी ठहर गरेको छ ।

सन् २०२० मा हलिउड हिल्समा अमेरिकी र्‍यापर स्टायलिनमाथि गोली प्रहारसम्बन्धी तीनवटा आरोपमा लानेजलाई दोषी ठहर गर्दै अदालतले १० वर्षको जेल सजाय सुनाएको लस एन्जलस काउन्टी जिल्ला न्यायाधिवक्ताको कार्यालयलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

लानेजमाथि अर्धस्वचालित हतियार प्रयोग गरी आक्रमण गरेको, सवारी साधनमा अनधिकृत बन्दुक बोकेको र बन्दुकको लापरवाहीपूर्वक प्रयोग गरेको तीनवटा मुद्दा लागेको थियो ।

यी तीनै मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको हो ।हलिउड हिल्समा आफ्नो कारबाट निस्कन साथ लानेजले स्टालियनमाथि गोली प्रहार गरेका थिए । घटनामा उनी घाइते भएकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend